Gajal

कसरी पोखौ पिर र व्याथा यो मरुभुमिको
याद आउछ सधैं गाउ र बस्ती झुपडीहरुको ।
सपनी देख्छु बालबच्चा सँग खेलेको रातिमा
आउछन लाखौं बिरही याद पोल्दछ छातीमा ।
प्रक्रिती प्रेमी सुन्दर कि धनी जननी तिमीमा
सुन फल्दो रैछ चलाउन जाने नेपाली भूमिमा ।
म चिट्ठी लेख्छु बिरही यादमा कसले हो पढिदिने
प्रबासी व्याथा दुख र मर्म छैन कोहि बुझ्दिने ।
सुन्दरता बोक्ने हिमचुली सधै आँखामा टल्कंछ
प्रबासी जीवन सम्झेर ल्याउदा यो मुटु झस्कन्छ यो मुटु झस्कन्छ

Previous Next