TyroCity

Article Hub for Article Hub

Posted on • Updated on

जिन्दगी - a poem by Saurav Karki

Written by Saurav Karki

ए जिन्दगी!
किन रिसाउँछ्स् रे यसरी?
म त दुई दिनको पाहुना न हुँ!

आएँ यहाँ यतै कतै नजिकबाट
केही जिम्मेवारी बोकेर
अब चुपचाप आफ्नो काम सकेर
गैहाल्नु छ सुटुक्क यहाँबाट फर्केर
तेरो माया लाग्नु अघि
बाँच्ने रहर जाग्नु अघि!

जिन्दगीमा घुम्ति मोड
अनेक आउँछन्
अनि जान्छन् पनि,
तर केही यस्ता मोडहरु आउँछन्,
जिन्दगीको ठूलो पाठ सिकाउन
अनि प्रगतिको सिढी चढाउन ।

सबै-सबै त आउछन् जान्छन्
कतै पीडा कतै खुसी जगाउछन्
बस गर्नु छ पूरा ज़िम्मेवारी
अरु त विस्तारै विस्तारै
शुन्यतामा बिलाउँछन्,
बाँकी रहन्छन् केवल यादहरु।

Top comments (0)