TyroCity

Article Hub for Article Hub

Posted on

मारिसके नेपाली जनताले नेताहरुसँगको आशा

Written by Navin Yadhav

नेताहरुसँग छैन अब नेपाली जनाताको कुनै भरोसा
किनभने यिनीहरुलाई थाहा नै छैन उनिहरुको कस्तो छ दुर्दशा
मन्त्रीहरुले गर्छन खाली घुर्कीकै भाषा
यिनीहरुलाई लागेको हुन्छ खाली आकर्शक मन्त्रालय पाउने नै नशा

डिनर पार्टी गर्ने निहुमा यिनीहरुको हुन्छ पाँचतरे होटेलमा भेला
यिनीहरुले दिएका छन् खाली नेपाली जनतालाई धोका
नेपालीको पैसाबाट तलब भत्ता खाने यिनीहरु हुन् सबै लुटेरा
यिनीहरुलाई करवाही गर्ने कुनै नेकयनै छैन यो देशमा , हे हाम्रो बिधाता

संविधानसभाको म्याद थप्या-थप्पै छन् , यही हो यिनीहरुलाई चाला
रक्सीले मातेर जान्छन यिनीहरुलाई अस्पताल, हे पर्भूं! कस्तो छ यिनीहरुलाई पारा
आफ्नो छोरा-छोरी सगरमाथा चढ्न लागे दिन्छन् राष्ट्को ढुकुतीबाट मागे जती पैसा
महँगा गाडी र घर भएका यिनीहरुको जीवन छ असाध्यै विलासा

अब नेपाली जनताले मरिसके यिनीहरुको आशा
अब नेपाली जनताले मरिसके यिनीहरुको आशा

Top comments (0)