TyroCity

Article Hub for Article Hub

Posted on

माया - a poem by Trishna

Written by Trishna Pokharel

काँडाहरु बिच पनि फ़क्रिएर फुल्ने गुलाब हो माया
अलि अलि गर्दै मन देखि मस्तिस्क सम्म हुने प्रभाब हो माया !
नज़रबाट उत्रिएर सिधै मनमा लाग्ने तिर हो माया
समाजका भारहरुले झुकौन खोजे पनि गर्व साथ उठ्ने सिर हो माया !!

फिक्का फिक्का जिन्दगिमा इन्द्रेणी भर्ने रंग हो माया
खालि खालि जिन्दगीमा खुसि ल्याउने नयाँ उमंग हो माया !
बचनले हैन व्यवहारले पुस्टि गर्ने प्रण हो माया
बिस्वास, आदर र भावनाको मन देखि गरिने समर्पण हो माया !!

नजिक नहुदा पनि साथ हुनुको आभाष हो माया
अँधेरोमा पनि बाटो देखाउने प्रकाश हो माया !
टुक्रिएको मनलाई सम्हालेर समेट्ने प्रयास हो माया
तोडिएका सपनाहरुलाई सुन्दर रुपमा ढाल्ने आश हो माया !!

मुस्कान भित्रको तितो आँशु देख्ने तेस्रो नेत्र हो माया
आफु जलेर पनि न्यानो स्पर्श दिलाउने मित्र हो माया !
शब्द बिना नै मनको भाव बुझ्ने इशारा हो माया
बगाएरै लगे पनि साथ नत्याग्ने किनारा हो माया !!

Latest comments (0)