TyroCity

Article Hub for Article Hub

Posted on

विदेश जाने निउँ

Written by Saimon Thada Chsstm

विदेश जाने निउँमा मलाई जालमा पारिसके
त्यसैले त विदेश जाने आश मैले मारिसकेँ
यता गयो दलाली छ उता गयो दलाली
दलालीलाई देखी मैले सपनाहरु टारिसकेँ

त्यसैले त विदेश जाने आश मैले मारिसकेँदेशमै विकास गर्ने कुरा मनमा अब जागिरह्यो
विकास सुरु गर्न भनी खोरिया नि खारिसकेँ
त्यसैले त विदेश जाने आश मैले मारिसकेँ
सुर्धानु छ अरुलाई सुरु गर्नु आफै बाट
सुरू गर्न मैले एउटा विरूवा नि सारिसकेँ
त्यसैले त विदेश जाने आश मैले मारिसकेँ

विकासमा बाधा आउछन् भनी मैले थाहा पाएँ
बाधाहरू रोक्न मैले विरूवालाई बारिसकेँ
त्यसैले त विदेश जाने आश मैले मारिसकेँ
त्यसैले त विदेश जाने आश मैले मारिसकेँ।।।

Latest comments (0)