TyroCity

Tyro News for News

Posted on

२६ गतेदेखि यातायात ठप्प पार्ने व्यवसायीको चेतावनी

सुदिप पौडेल, श्रावण–२४,काठमाण्डौं । छुट्टै यातयात मन्त्रालय गठन , यातयात क्षेत्रलाई उद्योग सरह मान्यता दिनु पर्ने भन्दै यातायात व्यवसायीहरुले साउन २६ गतेबाट सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने सहितका आन्दोलनको घोषणा गरेका छन् ।

माग पूरा गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संयुक्त ज्ञापन पत्र बुझाउने र ज्ञापन पत्र अनुसार मागहरु सम्बोधन नभए २६ गते बाट सवारी साधन ग्यारेजमा थन्काएर व्यवसायी र मजदुरहरु सडकमा जाने लगायत आन्दोलनको घोषणा गरेका हुन् ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन ।

चार यातायात व्यवसायीहरु र नेपाल ट्रक ट्यांकर व्यवसायी महासंघको समेत समर्थन रहेको यातायात ब्यवसायीहरुले छुट्टै यातयात मन्त्रालय गठन गर्नु पर्ने, यातयात क्षेत्रलाई उद्योग सरह मान्यता दिनु पर्ने, यातायात मन्त्रालयबाट ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार खारेज गन गर्नु पर्ने, यातायात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गरी लागू गर्न गराउनु पर्ने र विमा नीति व्यवहारमा लागू गराउनु पर्ने लगायतका माग अगाडि सारेका छन् ।

Oldest comments (0)