TyroCity

Tyro News for News

Posted on

tyrocity.com – अन्लाईन शिक्षक

स्कुल, कलेज गई किताब पढेर मात्रै बस्ने प्रवृतिलाई चुनौती दिदैँ हामी केही युवा साथीहरु मिलेर शैक्षिक वेबसाईट tyrocity.com को शुभारम्भ गरेका छौँ । ईन्टरनेट सँगै बदलिँदो युगमा अनलाईन शिक्षा आधारर्भुत आवश्यकता भई सकेको छ । यस्तो बदलिँदो चुनौतिको जमानामा जुन्सुकै विद्यार्थीका लागि टाईरोसिटी अनलाईन शिक्षक भएको भन्ने कुरामा दुई मत नहोला ।

टाईरोसिटी एउटा पूर्ण शैक्षिक प्याकेज जस्तै वेबसाईट हो, जहाँ पढाईका नोट्स देखि शैक्षिक सल्लाह सम्मका प्रस्तुती राखिएका छन् । अनलाईन इन्ट्रान्स तयारी जहाँ MBBS, BE, BBA/MBA आदि पढ्न चाहने विद्यार्थीका लागि घरमै बसी तयारी गर्न सकिने सामाग्रीहरु राखिएकाले टाईरोसिटीको यस सेक्सनलाई एउटा महत्वपूर्ण सेक्सन मानिएको छ । त्यसका साथै कक्षा ११ र १२ का साइन्स, व्यवस्थापन तथा मानविकी तर्फका विषयहरुका कक्षा नोट्सहरु विद्यार्थीका पढाई लाई सहजीकरण गर्नका लागि सकेसम्म छोटो मिठो गरेर राखिएको छ । त्यतिमात्र नभइ जोसुकै विद्यार्थीका लागि संसारका नामी प्रोफेसरहरु, विभिन्न संघ संस्थाका व्यक्तित्वहरु द्धारा शैक्षिक तथा व्यक्तिगत समस्या निराकरणका लागि सुझावहरु प्रदान गराइदिने व्यवस्था टाईरोसिटीले गरेको छ, जसले गर्दा कुनै पनि विद्यार्थीलाई द्धिविधात्मक मनस्थिती लिएर बिना गन्तव्य अगाडि बडिरहनु पर्ने छैन ।

पढाई सँग सँगै आजको युगमा अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरु संलग्न हुन उत्तिकै महत्वपूर्ण भएको कुरा ध्यानमा राखी टाईरोसिटीले कोल्याज –Colaz सेक्सनको व्यवस्था गरेको छ । विश्वको कुनै पनि व्यक्तिको रचना तथा क्षमता यस सेक्सनमा प्रस्तुत गरी विश्वका सबै व्यक्तिहरु द्धारा त्यसको मुल्याङ्कन गर्ने व्यवस्था यसमा गरिएको छ । यसले विद्यार्थीको रचनात्मक क्षमता तथा योग्यताको भर्पुर विकास गर्ने कुरा प्रष्ट छ । त्यसैगरी कुनै पनि विद्यार्थीको प्रश्नको उत्तर सहज रुपमा समाधान गरिदिने प्रयत्न टाईरोसिटीले गरेको छ, जसअन्तरगत विद्यार्थीका प्रश्नहरुको उत्तर सकेसम्म चाँडो र सुबोध शैलीमा प्रस्तुत पार्ने सेक्सनका रुपमा ‘Discuss’ टाईरोसिटीले राखेको छ । यसका साथै ‘EduIndex’ मा नेपालका लगभग सबै CTEVT, प्लस टु कलेज तथा अन्य शिक्षण संस्थाका बारेमा जानकारीहरु राखिएको छ । त्यसैले कलेज–कलेज धाइरहने समस्याबाट सायद विद्यार्थी तथा अभिभावकले मुक्ती पाउँने छन् ।

कुनै एक महान व्यक्तिले भनेका छन् “तिमी हाँस्दा संसार हाँस्छ, तर रुन एक्लै पर्छ ।” तर आज टाईरोसिटी लाई हाँस्दा पनि र रुँदा पनि तपाईहरु सबैको साथको आवश्यकता परिरहन्छ । विद्यार्थीहरु, अभिभावकहरु, शिक्षकहरु, ईन्टरनेट प्रेमीहरु, शैक्षिक संघ संस्था देखि मिडिया सबैको साथ हामीलाई अपरिहार्य छ । तपाईहरुले HSEB Guides देखि tyrocity.com सम्म दिनुभएको निरन्तर साथ र माया लाई अझ उचाईमा पुगी सम्पूर्णका लागि ‘टाईरो सिटी‘ फलदायी बनोस् हाम्रो यहीँ कामना छ ।

Oldest comments (0)