TyroCity

TyroCity.com for News

Posted on

tyrocity.com लाई सन् २०१८ को विजनेस उत्कृष्टता पुरस्कार

विश्वभरिका विभिन्न ‌क्षेत्रमा आधुनिक शैली अपनाई कार्यरत रहेका संस्थाहरुको विषयमा विश्लेषण सहितको पाठ्य सामाग्री मासिक रुपमा प्रकाशित गर्दै आएको Acquisition International Ltd., UK ले बेलायतमा आयोजना गरेको विशेष कार्यक्रममा सुचना प्रविधीको माध्यमबाट शिक्षा क्षेत्रको सिकाइ र विकासमा विगत ५ बर्ष देखी नेपालमा रहेर निशुल्क रुपमा सेवा प्रादन गर्दै आएको tyrocity.com लाई सन् २०१८ को विजनेस उत्कृष्ट पुरस्कार एवम् प्रमाण पत्र उक्त संस्थाका समन्वय कर्ता Laura Hunter ले प्रदान गर्दै अथक र कडा परिश्रमबाट शिक्षा छेत्रमा tyrocity.com ले निर्वाह गरेको भूमिकाले युवाजगतमा महत्वपूर्ण योग्दान पुर्याउन सकेकोमा खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो।

सोही कार्यक्रममा पुरस्कार र प्रमाण पत्र ग्रहन गर्दै tyrocity.com कि प्रमुख मार्केटीङ अधिकृत एलिशा खरेल ले यस संस्थाले गरेको कार्यको मुल्यान्कन गरी पुरस्कार प्रदान गरेकोमा Acquisition International लाई धन्यवाद दिदै आगमी दिनमा सहर तथा ग्रामीण क्षेत्रमा रहेका युवा विधार्थीवर्ग लगायत सबै online माध्यमका शिक्षण सामाग्रीहरु सहजताका साथ उपलब्ध गराइ आफुले चाहेको विषयमा सफलता हासिल गर्ने सन्दर्विक सामाग्रीहरु online platform बाट उपलब्ध गराउने प्रण गर्नुभयो ।

tyrocity.com को मुख्य उदेश्य सुचना प्रबिधिको माध्यम बाट विधार्थी वर्गलाई एकै ठाउमा भर्पर्दो र विश्वसनिय शिक्षण सामाग्री उपलब्ध गराउने, online छल्फल platform उपलब्ध गराउने सुचना हरुको आदान प्रदान्को अवसर प्रदान गर्ने, विधार्थी हरुलाई आवश्यक note उपलब्ध गराउने, प्रश्नहरु राख्ने र सो को उत्तर प्राप्त गर्ने एवम विचार विमर्श को वातावरण उपलब्ध गराउनुका साथ विधार्थीहरुलाई कलेज, बैंकका परिक्षामा सफल हुन सहयोग सामग्री उपलब्ध गराउने, आफुले पढ्न चाहेको कलेज र विषय सम्बन्धी सुचना एवम database उपलब्ध गराउने र विशेषज्ञ सेवा समेत उपलब्ध गराउने रहेको छ।

Top comments (0)