TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Updated on

नालापानीमा

प्रथम आधुनिक मौलीक नाटककार बाल कृष्ण सम बहुमुखी प्रतिभाका व्यक्तित्व हुन् । कवी, निवान्धकार, नाटककारका रुपमा चिनिएका परिस्कारवादी धारामा देखा परेका साहित्यकार बालकृष्ण सम मुलतः नाटककार हुन् । गुणात्मक तथा संख्यात्मक दुवै दृष्टिले नेपाली नाट्य फाँटलाइ उचाइमा पुर्याउने नाटककार समलाई नेपाली नाट्य क्षेत्रको सम्राट नै मानिन्छ । सेक्सपियरको शैलीबाट प्रभावित नाटककार समका नाटक पद्ध्य र गद्ध्य दुवै शैलीमा सशक्त रुपमा प्रस्तुत भएको पाइन्छ । इतिहास, पुराण, समाज र धर्मका विषयलाइ नाटकमा प्रस्तुत गर्ने समका नाटक सुखान्त र दुखान्त दुवै किसिमका हुन्छन । पस्चात्य र पूर्वीय दर्शनबाट प्रभावित नाटककार समका नाटकमा मानवता, रास्ट्रप्रेम, आदर्शवादिता र बौधिकता रहेको पाइन्छ । मंचनीय दृस्टीकोणले अत्यन्त सफल नाटकका सर्जक बाल कृष्ण समको प्रशिद्ध एकांकी नाटक हो नालापानीमा ।

वि.स.१८७१ सालको युद्ध पश्चातको ऐतिहासिक परिवेशमा ‘नालापानीमा’ नाटक आधारीत छ । सम्पन्न अंग्रेजहरुसंग गरीब नेपालीले निडरताका साथ लडेको साहसिक परिवेशलाई नाटकले मूल विषय बनाएको छ । विविध संस्कृति र जाति भित्र जातीय र रास्ट्रीय स्वाभिमानका लागि जुर्मुराएका नेपाली मनाशिकताको परिवेस नाटकमा भेटिन्छ । अतुलनीय रास्ट्रीय भाव भएको मातृभुमि प्रति अत्यन्त समर्पित देखिएको प्रतिनिधि पत्र नरे कार्कीलाई उच्च देश प्रेमको परिवेसमा शशक्त र जीवन्त बनाइएको छ । गोरा सिपाहीको प्रलोभनले रत्तिभर विचलित न तुल्याएको र नरेको इच्छा विपरित अंग्रेजले उसलाई केहि पनि नगरेको बरु मानवीय नाताले उपचार गरिदिएको उच्च मानवताको प्रस्तुतिको परिवेश नाटकमा सजीव भएर प्रस्तुत गरेको छ । जातीय, प्राकृतिक, संस्कृतिक र भौगोलिक परिवेशलाई अझ सशक्त बनाउन नाटककारले स्व पहिचानका गीति लय प्रकट गरिएबाट नाटकको परिवेशले नाटकलाई उचाईमा पुर्याएको भन्न सकिन्छ । सवै वर्ग र सम्प्रदायका नेपालीहरुकै बलिदान र त्यागले नै सुन्दर, शान्त र विशाल नेपालको सार्वभौमिकता बचेको यथार्थतालाई नाटक भित्रको अनुकुल परिवेशले सफलता पुर्वक प्रस्तुत गरेको छ । ‘युद्ध मर्न र मार्नका लागि मात्र होइन’ यस बाट मानवीय धर्मको पनि रक्षा गर्न सकिन्छ भन्ने कुरालाई नरे कार्कीले पाएको पुनर्जीवनबाट पुस्टि हुन्छ । शोकाकुल गोरा सिपाहीको अवस्था देहेरादुन र नालापानी स्थित खलङ्गा दुर्गको स्थानगत प्रस्तुति, शोकमा रक्सि पिई कालो पट्टि बाँधेको अवस्था आदिले पश्चिमी सांस्कृतिक परिवेशलाइ जीवन्त पारी नाटकको मूल उदेस्य मानवता, भातृत्व र मित्रित्व र मित्रतालाई प्रकट गरेको छ ।

Top comments (0)