TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Updated on

नेपालै नरहे

झ्याउरे लयमा रचना गरिएको यस ‘नेपालै नरहे’ कविता राष्ट्र कवि माधवप्रसाद घिमिरेको उच्चस्त्रवादि स्वर घन्किएको कविता हो । नेपाली माटो, नेपाली प्रकृति, विरता, संस्कृति जस्ता विषय माथि प्रकाश पार्दै नेपाल र नेपालीको परिचय कवितामा प्रस्तुत गरिएको छ । हिमालको काखमा अवस्थित यस सुन्दर आकर्षक देश नेपाललाई आर्थिक सामाजिक उन्नतिले सजाउनु पर्ने संदेश कवितामा भेटिन्छ । तराईको उर्वरता, हिमालको स्वच्छता, नेपालीको मौलिकता, नेपाली र नेपालको चिनारी भनि नेपाललाई संसारकै सर्वोत्क्रिस्ट र सर्वोच्च भूमिको रुपमा कविले प्रस्तुत गरेका छन् ।

नेपाली संस्कृति, परम्परा, चाडपर्व, भाकामा नेपाली रम्ने राष्ट्रिय भlब ब्यक्त गर्दै हाम्रा पुर्खाको बलिदान, समर्पण, त्याग युग्युगंतर सम्म रहिरहने कवितामा भनिएको छ । चेतना, शिक्षा,सभ्यता धर्तीमा पुर्व बाट सुरु भएकोले र हामी पूर्वका बासिन्दा हुनाले गौरवको अनुभव कवितामा प्रस्तुत भएको छ । राष्ट्र को चिनारी अस्तित्व भए मात्र देशबासी परिचित हुने भावलाइ प्रस्तुत गरिएको छ । देशको भूगोलमा रहेको स्थानको आ आफ्नै महत्व हुने कुरा लाई प्रस्तुत गर्न कबि ले तराई लाइ सुन र हिमाललाइ हिरा संग तुलना गर्दै राष्ट्र प्रति को सम्मान भाव व्यक्त गरेका छन् ।

Top comments (0)