TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Updated on

पदवर्ग पहिचान गर्ने तरिका

  • धातु +नु/आइ = नाम -धातु +ने/एको/एका/एकी/तो /दो= विशेषण -धातु+न/एर/इ/एन्जेल/तै/दै=क्रियाविशेषण -को/के/कसलाई उत्तर आउने = नाम -कुन/कत्रो/कस्तो/कसको/कति को उत्तर आउने = विशेषण -कतिको उत्तर आउने पद क्रियाको अगाडी आएमा = क्रियाविशेषण -कहाँ/कहिले/कसरी/किन जस्ता प्रस्नको उत्तर आउने = क्रियाविशेषण -नाम पदको अगाडी आउंदा विशेषक मात्र विशेषण हुन्छ भने अन्यत्र विशेषण पद आउंदा कहिले नाम कहिले क्रियाविशेषण बन्दछ (जेठो आयोl जेठो =नाम) -विशेषण पदमा ‘हरु’ लागेमा नाम पद बन्दछ -नाम्योगी गासिएको पुरै शब्द क्रियाविशेषण हुन्छ l तर हरु, ले, लाई, जस्ता विभाक्ति गासिएका शब्दको वर्ग परिवर्तन हुदैन l (टेबुलमाथि स्याउ छ ; टेबुलले धेरै सजिलो बनायो ; टेबुलहरुमाथि स्याउ छ) (टेबुल=नाम, माथि=नामयोगी, टेबुलहरुमाथि=क्रियाविशेषण) -षष्ठी विभक्ति लागेका पदहरु विशेषण हुन्छ -दर्शक, सम्बन्ध र प्रस्नवाचक सर्वनाम पद नाम पदको आगाडी आउँदा विशेषण हुन्छ

Latest comments (0)