TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Updated on

शत्रु

प्रथम मनोवैज्ञानिक कथाकार विशेश्वर प्रसाद कोइराला नेपाली कथा क्षेत्रका सामाजिक यथार्थवादी कथाकार हुन् । पात्रको मनोविस्लेशंमा केन्द्रित रही कथा संरचना गर्ने कथाकार कोइरालाक। कथामा कथा वस्तु लघु रूपमा प्रयोग भएको पाइन्छ । मानवीय मनका चेतन, अर्धचेतन र चेतन अवाथाको विस्लेषण गर्दै पात्रको मनमा विचरण गर्ने कथाकार कोइरालाका कथामा उच्च, मध्यम र निम्न वर्गीय प।त्रको मनोदशा केलाइएको हुन्छ । कथा र उपन्यासको क्षेत्रमा विशिष्ट रुपमा चिनिएका कोइरालाको शत्रु कथा सफल मनोवैज्ञानिक कथा हो ।

शत्रु कथामा प्रमुख पत्रको रुपमा कृष्ण रायलाई चयन गरिएको छ । यस कथामा कृष्ण रायको मनको चिरफार कुशल ढंगले गरिएको छ । आर्थिक सम्पन्नता र सामाजिक सम्मानका धनि कृष्ण राय गाउँका न्याय मुर्ति मानिन्छन् । जानी जानी कसै माथि अन्याय नगरेका कृष्ण राय हरेक वर्गका मानिसका आशाका केन्द्रविन्दु हुन् । सबैबाट पर्याप्त मानसम्मान पाएका उनी समाजका वादविवाद निरुपण गर्ने सहृदयी व्यक्तित्व हुन् । एक रात उनि माथि लट्ठी प्रहार हुँदा सो प्रहारले उनको मनभित्र मनोवैज्ञानिक हुरी चलाइदिन्छ । संका, चिन्ता, तनाव, तर्कले उनको शान्त मनमा डेरा जमाउन पुग्दछ । त्यसपछि उनले आफ्ना नजिकका सम्पर्कमा भएका मानिस देखि लिएर सामान्य बोलचाल भएका मान्छे सम्मलाई शंकाका दृष्टिले हेर्न पुग्छन् ।

जो व्यक्तिमा अवगुण हुदैन, त्यसमा गुनको खोजि गर्नु निरर्थक हुने कुरा कथाकारले यस पात्र मार्फत प्रस्तुत गरेका छन् । मान्छे अजात शत्रु होइन उसमाथि पनि आक्रमण हुन सक्छ भन्ने मनोवैज्ञानिक सत्यलाइ कृष्ण राय माथि बज्रेको लट्ठीले पुस्टि गर्दछ । आफ्ना कमि कमजोरी आफुलाई थाहा नहुने हुनाले सबै मानिसले यो यथार्थलाई भुल्न नहुने विचार कृष्ण रायको हिजोको सोच र आजको सोच देखाएर पुस्टि गरिएको छ । हरेक घटनाले शत्रुताको सम्बन्ध राख्न सक्छ भन्ने कल्पना मानिसको स्वाभाविक मानसिक प्रतिक्रिया हो जीवन यात्रालाई अघि बढाउदै जाँदा व्यक्तिले राम्रा र नराम्रा काम गरेको हुन्छ । यिनै कामले मित्र र शत्रु पनि जन्माउँछ कृष्ण रायको निस्वार्थ सेवा, न्यायको पक्षधर विचार जस्ता कामले पनि शत्रुता जन्माउन सक्ने प्राकृतिक यथार्थता लाइ कथामा व्यक्त गरिएको छ । मानिस मनोभावनाको पुँज हुनाले मनमा शान्ति र आनन्द हुँदा संसार सुन्दर देख्दछ भने मानसिक स्थिति खल्बलिंदा आज संसार अर्कै लाग्ने मनोवैज्ञानिक यथार्थलाई कृष्ण राय माथि लट्ठी प्रहार नहुँदा सम्म उनलाई आफ्नो कोहि शत्रु नभए झैं लाग्छ भने लट्ठी प्रहार पछि हरेक व्यक्ति माथि शंका पुग्ने स्थितिबाट स्पस्ट पारिएको छ ।

Latest comments (0)