रातभरि हुरी चल्यो



सामाजिक यथार्थवादी कथाकार इन्द्रबहादुर राई उपन्यासकार, समालोचक व्यक्तित्व हुन् । जीवनलाई जसरि भोगिन्छ, जसरि देखिन्छ, त्यसलाई नछोपिकन साहित्यमा प्रस्तुत गर्नुपर्छ भन्ने विचार भएका कथाकार राई आयामेली कथाकार पनि हुन् । लीलालेखनका प्रग्योग्कर्ता कथाकार इन्द्रबहादुर राई नेपाली कथा फाँटमा नायाँ नायाँ कथा प्रबृत्ति भित्र्याउने कथाकार हुन् । आन्चालिक तथा बौद्धिक कथाकार इन्द्रबहादुर राईको पहिलो कथा ‘रातभरि हुरी चल्यो’ हो ।

दार्जलिंग परिवेशको गाउँ तथा सहरी क्षेत्रलाई समेटेर प्रस्तुत गरिएको यस कथामा प्रवाशी नेपालीका यथार्थ जीवन पद्धतिलाइ देखिएको छ । व्यक्तिका पिडा, बाध्यता, र आन्तरीक वेदनालाइ प्रस्तुत गर्ने सन्दर्भमा यस कथामा प्राकृतिक हुरी र वैचारीक हुरीलाइ एकैसाथ प्रस्तुत गरिएको छ । एक रात भर र एक बिहानको समयमा केन्द्रित भएको यस कथामा कालेको परिवारले निम्नवर्गीय प्रवाशी नेपालीको जीवनलाई प्रस्तुत गरेको छ । आफ्नै घरखेत गरि गाउँमा जीविका चलाएका कालेका बाआमाको प्राकृतिक विपत्तिले दिएको पिडादायी मनोदशा कथामा देखाइएको छ । आपत विपत, मृत्यु, डर, दुख गाउँमा मात्र हुन्छ भन्ने सोचका कालेकी आमाको मानसिकतामा कथाकारले परिवर्तन ल्याएर कथाको उदेश्य व्यक्त गरेका छन् । रातभर अनिदो भएपनि नियमित काम नगरी सुखै नहुने वास्तविकतालाई व्यक्त गर्न कालेको आमा सबेरै दुध पुर्याउन सहर गएको प्रसङ्ग देखाइएको छ । रातभरिको पीडादायी समयलाई सम्झेर कालेकी आमाले सहर सुरक्षित र पीडा मुक्त स्थल थान्दछे। त्यसैले गुनको सबै बेचेर सहरमै बस्ने निर्णय गर्दछे कालेकि आमाले जब बी. बी. गुरुङकी स्वास्नीको मृत्युको कारण थाहा पाउँछे तब यथार्थताबोधले मानशिक परिवर्तन देखा पर्दछ अर्थात् संकट विपत गाउँमा नत्र होइन सहरमा पनि आउँदो रहेछ भन्ने कुरा उसले बुझ्दछे यो कथाको सार भाव पनि हो ।

मान्छे आशावादी हुनुपर्छ आशाले जीवनमा थप उर्जा दिने गर्दछ निराशाले मानिश्लाई मृत्योउको मुखमा पुर्याउँछ । त्यसैले विपतबाट मुक्ति पाउन स्थान्तरण अपनाउनु हुदैन । त्यसैगरि अधैर्यता अस्थिरता मानव जीवनका असफलताका तत्व हुन् भने धैर्यता र स्थिरता सफलताका प्रतिक हुनाले प्रकृतिसंग जुधेर संघर्ष गरेर जीवनलाई बचाउनुपर्ने जीवनवादी संदेश कथामा पाइन्छ । मानव जीवनमा सुख दुख अभाव समस्या गार्हो साँघुरो आइपर्ने हुँदा तिनको सामना गर्न मानिस तयार हुनुपर्ने कर्मठ भाव पनि कथाको सारभूत तत्व हो । हुरीले थोरै बिगारेको मानिसको घरखेत बारीलाई सृजनशील मस्तिस्क र पौरखी हातहरुले एकै चीनमा बनाउन सक्ने हुँदा यस्ता प्राकृतिक प्रकोप संग भागेर हैन डटेर सामना गर्नुपर्ने कर्मवादी विचार पनि कथाको मूल विचार हो ।