Nepali XII Content
वाच्य परिवर्तन सम्बन्धी केहि तरिका
- कर्तृ वाच्य लाइ कर्म तथा भाव वाच्यामा परिवर्तन गर्ने
- कर्म वाच्यको कर्ता पदमा द्वारा जोड्नु पर्छ
- प्रत्यक्ष कर्ममा लागेको ‘लाई’ हटाउनु पर्दछ
- अप्रत्यक्ष कर्ममा लागेको ‘लाई’ यथावत राखनुपर्छ
- प्रथम पुरुषको कर्ता पद भएमा मिलेसम्म आफु/आफु त लेखनु पर्छ
- आज्ञा र इछ्या बुझाउने क्रिया लाई एक वचनमा भए ‘धातु + इयोस’ को ढाँचामा देखाउनु पर्छ भने बहुवचन भएमा ‘धातु+इयुन’ को ढाँचामा देखाउनु पर्छ
- अकर्मक कर्तृ वाच्य भाव वाच्यमा रुपान्तरण हुन्छ
- भाव वाच्यमा कर्ता देखाउनु पर्दैन
- भाव वाच्यको क्रिया सधैं एकवचन, तृतीय पुरुषको पुलिंगी र अनादरवाचीमा रहनु पर्छ
- वाच्य परिवर्तन गर्दा क्रियाको काल, भाव, पक्ष परिवर्तन गर्नु हुदैन
- कर्म+भाव वाच्यका क्रियापद ‘धातु+ई+रुपायक’ प्रत्ययको ढाँचामा हुनुपर्दछ