TyroCity

Nepali Writer
Nepali Writer

Posted on • Updated on

आइमाई साथी

प्रगतिशील, प्रगतिवादी, साहित्यकार श्यामप्रसाद शर्मा सामाजिक शोषण, उत्पीडन, कुरीति, रुढिवादी, अन्धबिस्वास विरुद्ध कलम चलाउने सशक्त निबन्धकार हुन् । राष्ट्रप्रेम, म।नबतावाद, समानता,विभेदको अन्त्य जस्ता बिषय लाई निबन्धको विषयवस्तु बनाउने निबन्धकार शर्माका निबन्धमा समाज सुधार र सोषण, आन्याय, अत्याचारको बिस्वब्यपी चिन्तन गरिएको पाइन्छ । यथार्थ बिषय लाई अख्यानात्मक रुप दिने निबन्धकार शर्माको निबन्धका भाषा शैली आकर्षक, प्रभावकारी र रोचक भएको पाइन्छ । ‘तँ, तिमी, तपाईं, हजुर’ निबन्धसंग्रहमा संग्रहित यस आइमाई साथी निबन्धमा नारी समानता र स्वतन्त्रतालाई मूल बिषय बनाइएको छ ।

आइमाई साथीको महत्व दर्सौदै नारीप्रतिको सामाजिक विभेद, असमान व्यवहार र लैंगिक समानताको पक्षमा निबन्ध केन्द्रित रहेको छ । नाता नपर्ने महिला संग पुरुषले मित्रता गास्न पुगे समाज बिरोधि हुने र महिला र पुरुषको मैत्री सम्बन्धमा कालो पर्खालको रुपमा सामाजिक सोच खडा हुने जस्ता संकीर्ण विचारप्रति आक्रोश सहित व्यंग्यात्मक प्रस्तुति निबन्धमा निबन्धकारले प्रस्तुत गरेका छन् आडम्बरी देखावटी प्रवृतिले नेपाली समाजको लैंगिक असमानतालाई जिउदो बनाईएको यथार्थलाई प्रस्तुत गर्न लेखकले प्रगतिशील विचारका पण्डित र नेताको प्रसङ्ग लाई निबन्धमा प्रस्तुत गरेका छन् ।

नारी स्वतन्त्रताको चर्को नारा लाउनुको सट्टा उनीहरुलाई सामाजिक विभेद र साँघुरो सोचाई अनि परम्परावादी चिन्तनबाट माथि उठ्ने अवसर प्रदान गर्नु पर्छ भन्ने मूल सन्देस बोकेको यस निबन्धमा नारीहरुलाई बिकासको आधार मानिएको छ । सामाजिक जागरणमा बृद्दी गरेर समाजका हरेक गतिविधिमा नारीलाई सक्रिय हुने मौका दिनु पर्छ भन्ने विचार निबन्धमा मूल भावको रुपमा ब्यक्त भएको छ नारीले आफ्नो हक अधिकार र कर्तव्यको रक्षा आफैंले गर्नुपर्ने तर पुरुषको सहयोग बिना पुरातनबादी सोचका नारीले यस कार्य लाई पुरा गर्न नसक्ने हुँदा पुरुषको सहकार्य र साथलाई निबन्धमा संदेशको रुपमा ब्यक्त भएको छ । नारी र पुरुषको समाबेशी बाट नै रास्ट्रको उन्नति हुनेहुँदा नारी र पुरुष बिचको असमानता हटाउनुपर्ने विचार निबन्धको मूल भाव हो

Oldest comments (0)